पठाओ चालकको कोठामा भेटियो जेन-जी आन्दोलनमा लुटिएको प्रहरीको इन्सासदेखि सर्टगनसम्म

पठाओ चालकको कोठामा भेटियो जेन-जी आन्दोलनमा लुटिएको प्रहरीको इन्सासदेखि सर्टगनसम्म

काठमाडौं : जेन-जी आन्दोलनको दोस्रो दिन लुटिएको प्रहरीको आधुनिक हतियारसहित राइड सेयरिङमा संलग्न एक युवक पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले  तारकेश्वर नगरपालिका–११ बाट कैलालीको टिकापुर–१ का शिवराज धमलालाई स्वचालित इन्सास हतियार, सर्टगन र पेस्तोलसहित बुधवार पक्राउ गरेको हो।

जेन-जी आन्दोलनको पहिलो दिनको प्रदर्शन भड्काउन अनि दोस्रो दिनको आगजनीमा दुर्गा प्रसाईँ समूहबाट राइड सेयरिङमा संलग्नहरू भाडामा लिएर परिचालित भएको सुरक्षा रिपोर्ट अनुसार प्रहरीले राइड सेयरिङमा संलग्नहरूबारे समेत अनुसन्धान गरेको थियो।

लुटिएको हतियार खोजीमा खटिएको प्रहरीको विशेष टोलीका सदस्य हतियारको खरिदकर्ता भएर धमलाको सम्पर्कमा पुगेका थिए। उनले पेस्तोल बेच्नसक्ने बताएपछि हतियार हेर्न भनेर गएको टोलीको सदस्यले नै उनलाई पक्राउ गरेका थिए।

उनको कोठामा  छापा मार्दा प्रहरीले प्रहरीको इन्सास, सर्टगन र  पेस्तोल बरामद गरेको हो।  ती हतियार भदौ २४ गते लुटिएको खुले पनि कहाँ लुटिएको खुलेको छैन। प्रहरीले यसबारे अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

कात्तिक १९, २०८२ बुधबार १८:३०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।