जेन-जी जाँचबुझ आयोगमा बयान दिन पुगे रवि

जेन-जी जाँचबुझ आयोगमा बयान दिन पुगे रवि

काठमाडौं : जेन-जी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट बाहिरिएका रवि लामिछाने जेन-जी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित आयोगमा बयान दिन आएका छन्। आन्दोलनको पहिलो दिन बानेश्वरमा भएको गोली प्रहारको घटना र दोस्रो दिन भएको आगो लगाउने र तोडफोड गर्ने विध्वंसको घटनामा संलग्नबारे जाँचबुझ गर्न गठित आयोगले आश्चर्यजनक रूपमा अनुसन्धानको प्रारम्भ नख्खु कारागारबाट सुरु गरेको हो।

आयोगका अधिकारीले यस अगाडि कारागारका जेलरसँग बयान लिएको थियो। आन्दोलनको दोस्रो दिन रवि नख्खु कारागारबाट बाहिरिएपछि अन्य जेलमा रहेका कैदी बन्दीहरू समेत बाहिरिएका थिए। करिब १५ हजार कैदीबन्दी बाहिरिएकोमा अझै पाँच हजार फर्किएका छैनन्।

उनी कारागारबाट बाहिरिएको घटनाको आलोचना भएपछि उनी पछि आफैँ कारागार फर्किएका थिए। कारागारबाट बाहिरिँदा उनले सार्वजनिक गरेको पत्र समेत किर्ते भएको भन्दै आलोचना भएको थियो।

कात्तिक १९, २०८२ बुधबार १४:४७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।