सोफा हबको ‘दशैं तिहार झड्का’ अफर अन्तर्गत थाइल्यान्ड घुम्ने १० ग्राहकको नाम घोषणा

सोफा हबको ‘दशैं तिहार झड्का’ अफर अन्तर्गत थाइल्यान्ड घुम्ने १० ग्राहकको नाम घोषणा

काठमाडौं : सोफा हबले आफ्नो ‘दशैं तिहार झड्का’ अफरअन्तर्गतका विजेताहरूको घोषणा गरेको छ।

मंगलबार भक्तपुरमा आयोजित एक विशेष कार्यक्रममा ‘लक्की ड्र’ मार्फत १० जना भाग्यशाली ग्राहक छनोट गरिएको हो, जसले निःशुल्क थाइल्यान्ड भ्रमणको अवसर पाएका छन्।

कम्पनीका अनुसार, थाइल्यान्ड भ्रमणको अवसर पाउने भाग्यशाली विजेताहरूमा लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतीक्षा विक, कुशुमकला गणेश, विनोद गुरुङ, जमुना केसी, गोमा लामिछाने, तम बहादुर सुनार र माधव प्रसाद दुलाल रहेका छन्।

सोफा हबका सञ्चालक तारालाल धरेलले विजेताहरूलाई बधाई दिँदै उनीहरूलाई छिट्टै थाइल्यान्ड भ्रमणमा लगिने जानकारी दिए।

उनले भने, ‘हामीले नेपालीहरूको महान् चाड दशैं, तिहार र छठको खुसी साट्न यो योजना ल्याएका थियौं। सहभागी सम्पूर्ण ग्राहकलाई धन्यवाद ज्ञापन गर्दछौँ।’

धरेलले आगामी दिनमा पनि यस्तै ग्राहकमुखी योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरे।

कम्पनीले गत वर्ष पनि १० जना ग्राहकलाई युरोप भ्रमण गराएको थियो। यस वर्षको चाडपर्वमा १५ सयभन्दा बढी ग्राहकले सोफा हबका विभिन्न शाखाबाट फर्निचर खरिद गरेको सञ्चालक सदस्य जिवन पाण्डेले बताए।

सोफा हबका काठमाडौंको गोठाटार, कंलकी, सामाखुसीसहित बिर्तामोड, पोखरा, चितवन, नेपालगंज, धनगढी, बुटवल र हेटौंडा गरी देशभर १० वटा शाखा सञ्चालनमा छन्।

कात्तिक १९, २०८२ बुधबार १३:४९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।