तनहुँमा करेन्ट लगाएर माछा मार्दा युवकको मृत्यु

तनहुँमा करेन्ट लगाएर माछा मार्दा युवकको मृत्यु

दमौली : तनहुँको व्यास नगरपालिका-१ स्थित छाब्दीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ।

सोमबार राति करेन्ट लागेर सोही स्थानका २८ वर्षीय अमित सुयालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरीका अनुसार, सुयालसहित ४० वर्षीय रामबहादुर घर्ती र उनका दाजु ५४ वर्षीय शुक्र घर्ती राति करिब ११:४५ बजे माछा मार्न गएका थिए।

उनीहरूले रामबहादुरको घरबाट बिजुलीको तार लगेर खोलामा करेन्ट प्रवाह गरेका थिए। सोही क्रममा सुयाललाई करेन्ट लागेको हो।

करेन्ट लागेपछि घाइते भएका सुयाललाई तत्काल दमौली अस्पताल लगिएको थियो।

अस्पतालले मंगलबार बिहान १२:३० बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिए।

कात्तिक १८, २०८२ मंगलबार १४:४५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।