राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’का लागि कतार गएकाले उनको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम सो अवधिमा राष्ट्रपतिबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

राष्ट्रपति पौडेल यही कात्तिक १७ गतेदेखि २० गतेसम्म सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान दोहा गएका हुन्।

कात्तिक १७, २०८२ सोमबार ११:५२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।