प्रेस काउन्सिल नेपालको वेबसाइट ह्याक, समाधानको प्रयास जारी

प्रेस काउन्सिल नेपालको वेबसाइट ह्याक, समाधानको प्रयास जारी

काठमाडौं : पत्रकारिता क्षेत्रको नियमनकारी निकाय, प्रेस काउन्सिल नेपालको आधिकारिक वेबसाइट ह्याक भएको छ।

काउन्सिलले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक सूचना जारी गर्दै वेबसाइटमा समस्या आएको र त्यसलाई समाधान गर्ने प्रयास भइरहेको जानकारी दिएको हो।

काउन्सिलले सामाजिक सञ्जालमा लेखेको छ, ‘काउन्सिलको वेबसाइटमा भरखरै समस्या आएको (ह्याक भएको) ले समस्या समाधानको प्रयास भइरहेको जानकारी गराइन्छ।’

यो सूचनासँगै काउन्सिलको वेबसाइट हाल सञ्चालनमा छैन। सरकारी तथा महत्त्वपूर्ण निकायहरूको वेबसाइटमाथि भइरहेका साइबर हमलाको यो पछिल्लो घटना हो। वेबसाइट कसले र किन ह्याक गर्यो भन्नेबारे कुनै जानकारी दिइएको छैन।

काउन्सिलको वेबसाइटमा पत्रकार आचारसंहिता, उजुरी, कारबाही, विभिन्न सूचना तथा प्रकाशनहरू रहने गर्छन्। वेबसाइट ह्याक हुँदा यी सूचना तथा सेवाहरूमा पहुँच रोकिएको छ।

काउन्सिलको प्राविधिक टोलीले वेबसाइटलाई पुनः सञ्चालनमा ल्याउन काम गरिरहेको बुझिएको छ। यस विषयमा थप विवरण आउन बाँकी छ।

कात्तिक १४, २०८२ शुक्रबार १२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।