विरोधसभामा बोल्दाबोल्दै बेहोस भएर ढलेका जिफन्टका उपाध्यक्ष गौतमको मृत्यु

विरोधसभामा बोल्दाबोल्दै बेहोस भएर ढलेका जिफन्टका उपाध्यक्ष गौतमको मृत्यु

काठमाडौं : रुपन्देहीमा विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको लाइन काटेपछि सुरु भएको विरोध प्रदर्शनमा बोल्दाबोल्दै जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम बेहोस भएका थिए। उपचारका क्रममा बिहीबार दिउँसो उनको मृत्यु भएको छ।

सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाइमा आयोजना गरिएको प्रदर्शनमा विभिन्न उद्योग वाणिज्य संघका सदस्य, मजदुर र उद्योगकर्मी सहभागी थिए। गौतम आफ्ना भनाइ राख्दै गर्दा अचानक बेहोस भएर ढलेका थिए।

उनलाई तत्कालै मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइए पनि उपचारका क्रममा निधन भएको हो।

विद्युत् प्राधिकरणले बक्यौता महसुल नतिरेका कारण उद्योगहरूको बिजुली लाइन काटेपछि रुपन्देहीका करिब डेढ दर्जन उद्योग बन्द भएका छन्।

कात्तिक १३, २०८२ बिहीबार १४:५७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।