टिकटकर मनोजको दाबी “म कुनै अपराधमा संलग्न छैन”
काठमाडौं : टिकटकर मनोज केसीले आफू कुनै अपराधमा संलग्न नभए पनि उकेरामा अपराधमा संलग्न भनेर समाचार प्रकाशित भएको भन्दै खण्डन गरेका छन्। उनले शुक्रवार उकेरामा पठाएको खण्डनमा आफू कुनै अपराधमा संलग्न नभएको र संलग्न नै नभएको आपराधिक घटनामा नाम जोडेर तस्बिरसहित दोषी जसरी प्रकाशित भएको भन्दै आपत्ति जनाएका हुन्।
उकेराले जेन-जी आन्दोलनकोक्रममा उनले नयाँबानेश्वरमा जलिरहेको संसद् भवन अगाडि बसेर बनाएको भिडियोपछि उनको पृष्ठभूमिबारे बुझ्दा प्रहरी रेकर्डमा मनोज केसीको नाममा १० वटा घटना रहेको देखिएको थियो।
उनीमाथि पेप्सीकोलामा उज्ज्वल ढुंगानामाथी खुकुरी प्रहार गरेको आरोपसँगै ठमेलको डिस्कोमा जोन लामालाई कुटेर आँखा फुटाएको आरोपमा लागेको थियो।
प्रहरी रेकर्डमा मनोज केसी १० वटा अपराधमा संलग्न देखिए पनि त्यसमध्ये सात घटनामा संलग्न मनोज उनी नभई अन्य मनोज केसी भएको खुलेपछि उकेराले समाचार संशोधन गरेको थियो।
उनले ढुंगानाको केसमा सामान्य विवाद र अर्को एक घटनामा संलग्न नभए पनि जाहेरीमा नाम परेको तर अदालतबाट सफाइ पाइसकेको दाबी गरेका थिए।
काठमाडौं जिल्ला अनुसार उनको आपराधिक रेकर्ड हेर्दा प्रहरीको अपराध तथ्याक सिस्टटममा बाबुको नामसहित सबै विवरण मिलेको दुई र बाबुको नाम थर ठेेगाना नखुलेको एक रेकर्ड देखिएको छ।
उकेराले प्राप्त गरेको विवरणमा उनी विरुद्ध २०६१।०१।१९ मा मुद्दा नम्बर ६३ मा प्रहरी वृत्त लैनचौरबाट ज्यान मार्ने उद्योगमा पक्राउ र अनुसन्धान भएको देखिन्छ।
२०६१।१।१६ मा मुद्दा नम्बर ६३ मा प्रहरी वृत्त लैनचौरबाटै कुटपिट अंगभगको आपराधिक रेकर्ड रहेको खुुलेको छ।
बाबुको नाम र थर नमिले पनि उनको नाममा २०७४।१।२३ मा मुद्दा नम्बर ६७ मा प्रहरी वृत्त लैनचौरबाट ज्यान मार्ने उद्योगमा अनुसन्धान भएको खुुलेको छ।
मनोजले उकेरामा पठाएको खण्डन

असोज १०, २०८२ शुक्रबार १९:५८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।