सुरक्षाको कारण देखाउँदै स्थगित गरियो रामलीला

सुरक्षाको कारण देखाउँदै स्थगित गरियो रामलीला

नेपालगन्ज : ऐतिहासिक रामलीला यस वर्ष नहुने भएको छ। सुरक्षाको कारण देखाउँदै आयोजकले घटस्थापनाबाट सुरु हुने रामलीला स्थगित गरेको हो।

रामलीला नभए पनि रावण बधको सामान्य कार्यक्रम हुनसक्ने रामलीला व्यवस्थापन समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले जानकारी लिए।

रामलीलामा स्थानीयको सहभागिता रहने र भिडभाड हुने भएकाले सुरक्षाको कारणले स्थगन गर्न बाध्य भएको बताए। बाँकेमा १ सय ५७ वर्षदेखि मनाइँदै आएको रामलीलामा रामायणमा आधारित श्रीरामको जन्मदेखि राज्याभिषेकसम्मको रामचरित्र देखाइन्छ।

त्यसका लागि कलाकार भारतबाट आउने भएकाले सुरक्षा चुनौती भएको कनौडियाले बताए। यसअघि कोभिड–१९ को समयमा दुई वर्ष रामलीला भएको थिएन।

असोज १, २०८२ बुधबार २२:२२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।