नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बङ्गलादेशका सरकार प्रमुख युनुसको बधाई

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बङ्गलादेशका सरकार प्रमुख युनुसको बधाई

काठमाडौं : बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

आज पठाएको शुभकामना सन्देशमा युनुसले देशको जटिल परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु नेपाली जनताको विश्वासको प्रतिक भएको उल्लेख गरेका छन्। कार्कीको नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वतर्फ अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री कार्कीसँग नजिक रहेर काम गर्ने इच्छा व्यक्त गर्दै युनुसले नेपाल-बङ्गलादेशबीचको सम्बन्ध आपसी सम्मान र सहकार्यमा आधारित रहेर अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेका छन्।

साथै उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

भदौ २८, २०८२ शनिबार १५:३६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।