माओवादीको आकस्मिक भर्चुअल बैठकले भन्यो- संसद् विघटन गर्ने निर्णयमा गम्भीर असहमति छ

माओवादीको आकस्मिक भर्चुअल बैठकले भन्यो- संसद् विघटन गर्ने निर्णयमा गम्भीर असहमति छ

काठमाडौं : माओवादी केन्द्रले प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति असहमति जनाएको छ।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको पार्टी पदाधिकारीहरूको आकस्मिक भर्चुअल बैठकले मुलुकको वर्तमान परिस्थितिबारे विस्तृत छलफल गर्दै संसद् विघटनलाई संवैधानिक व्यवस्थाविपरीत भएको ठहर गरेको हो।

बैठकपछि जारी विज्ञप्तिमा उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले भनेका छन्, “वर्तमान संसदलाई जसरी विघटन गर्ने निर्णय गरिएको छ, त्यसप्रति हाम्रो पार्टीको गम्भीर असहमति छ ।”

माओवादी केन्द्रले मुलुकलाई थप संकटतर्फ धकेल्ने कदम चालिएको भन्दै सच्याउन आग्रह गरेको छ।

भदौ २७, २०८२ शुक्रबार २२:१०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।