इन्द्रध्वजको लिंगो ढालेसँगै सम्पन्न भयो इन्द्रजात्रा, क्षमापूजा पनि गरियो
काठमाडौं : बिना नानीचा रथयात्रा यो वर्षको इन्द्रजात्रा समापन गरिने भएको छ।
गुठी संस्थानले देशको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर क्षमापूजाका साथ जात्रा समापन गर्न लागेको हो।
जात्रा सम्पन्न गर्न खटिएका गुठियारलगायत सम्बद्ध सबै पक्षसँग छलफल गरेर जात्राका कर्म छोट्याउन लागिएको संस्थानका काठमाडौं शाखा प्रमुख लक्षुणा शर्माले जानकारी दिए।
काठमाडौंको बसन्तपुर क्षेत्रमा रथ तानेर र लिंगो ढाली, परम्परागत रूपमा इन्द्रजात्राको समापन गरिएको छ।
भदौ २६, २०८२ बिहीबार १८:४६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।