दमननाथको श्रद्धाञ्जलीस्थलमा फुत्किएको उप सभामुख रानाको मुस्कान, सम्हालिए रघुजी
काठमाडौँ : प्रतिनिधिसभाका पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम विधायिका लागि पार्थिव शरीर सानो गौचरनमा राखिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा ओढाएर ढुंगानाको अन्तिम सम्मान गरे। ढुंगानालाई श्रद्धाञ्जली दिन सानो गौचरनमा पूर्व प्रधानमन्त्रीदेखि विभिन्न दलका नेताहरू र परिवारका सदस्यहरू सानो गौचरनमा पुगेका थिए।
त्यही थिइन् उपसभामुख इन्दिरा राना। उनी पनि ढुंगानालाई श्रद्धाञ्जली दिन सानो गौचरन पुगेकी थिइन्। तर उनको हाउभाउ श्रद्धाञ्जली स्थल सुहाउँदो देखिएन। एकातिर ढुंगाना परिवार शोकमा थियो। उता एमाले सांसद रघुजी पन्तसँग गप्फिदै गरेकी उप सभामुख राना भने प्रसन्न मुद्रामा देखिएकी थिइन्।
गफका क्रममा पन्तको पनि हाँसो फुत्कन लागेको थियो। तर उनी सम्हालिए। तर उप सभामुख राना सम्हालिन सकिनन्।





मंसिर ३, २०८१ सोमबार १६:०६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।