६ सय रूपैयाँले घट्यो सुनको भाउ
                    
                    
                    
                    काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य तोलामा छ सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५२ हजार तीन सयमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य तोलामा २५ रूपैयाँले घटेको छ।
शुक्रबार प्रतितोला एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।
भदौ १६, २०८१ आइतबार १२:०६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।