बुधबार ०९ पुस, २०८२
नेपालको अर्को विश्व कीर्तिमान, दीपेन्द्रले तोडे युवराज सिंहको रेकर्ड
काठमाडौं : १९औं एसियाडको पुरुष क्रिकेटमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले भारतका युवराज सिंहको कीर्तिमान तोडेका छन्।
ऐरीले ९ बलमा अर्धशतक बनाएर युवराज सिंहले बनाएको रेकर्ड तोडेका हुन्।
युवराज सिंहले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए।
उनको रेकर्ड तोड्दै ऐरीले १० बलमा ५२ रन अविजित बनाएका हुन्। योसँगै नेपालले मंगोलियालाई ३१५ रनको लक्ष्य दिएको हो।
असोज १०, २०८० बुधबार ०८:३१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।