बुधबार ०९ पुस, २०८२
एसिया कप : बिराटको विकेट लिने खेलाडीलाई ५० हजार दिने धनगढीको किशान ट्रेडिङ्गका संचालक आलमको घोषणा
काठमाडौं : श्रीलङ्काको केन्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारतविरुद्धको खेल भइरहेको छ।
उक्त खेलमा बिराट कोहलीको विकेट लिने खेलाडीलाई धनगढीको किशान ट्रेडिङ्गका संचालक शाह नवाज आलमले ५० हजार नगद पुरुस्कार दिने घोषणा गरेका छन्।
एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले अहिले ब्याटिङ् गरिरहेको छ। भारतले टस जितेर पहिले फिल्डिङ् गर्ने निर्णय गरेको हो।
ताजा अवस्थामा नेपालले २४ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर १ सय ८ रन बनाएको छ।
भदौ १८, २०८० सोमबार १६:५६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।