अटो पसलमा व्यावसायिक रूपमा जुवा खेलेको आरोपमा चार जना पक्राउ
                    
                    
                    
                    काठमाडौँ : अटो पसलभित्र जुवा खेलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त सोर्हखुट्टेले ४१ हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा दिनेशभक्त श्रेष्ठ, बिलबहादुर तामाङ, दावा स्याङबो लामा र प्रविन महर्जन छन्।
नियमित रूपमा जुवा खेल्ने गरेको सूचनाको आधारमा प्रहरी वृत्त सोर्हखुट्टेको प्रहरी टोलीले नयाँबजारमा रहेको दीपेश अटो लिङ्कमा निगरानी बढाएको थियो।
निगरानीको क्रममा व्यवसायी रूपमै जुवा खेलाउने गरेको र शङ्कास्पद व्यक्तिहरू आउजाउ गर्ने देखिएपछि आइतबार छापा मारेको थियो।
सो अटोबारे सट्टेबाजी खेलाउने गरेकोबारे प्रहरीले यस अगाडि पनि सूचना पाएको थियो। आइतबारको छापामा सट्टेबाजीबारे प्रमाण फेला परेन। तर जुवा खेल्दाखेल्दै उनीहरू फेला परेका थिए।
साउन २१, २०८० आइतबार १७:०३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।