एकीकृत समाजवादीको केन्द्रीय सदस्यसहित एक सय जना एमालेमा फर्किए
                    
                    
                    
                    काठमाडौं : एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्यसहित एक सयभन्दा नेता तथा कार्यकर्ता एमालेमा फर्किएका छन्।
शनिबार सदरमुकाम चौतारामा आयोजित भेलामा कर्माचार्यलाई एमाले महासचिव शंकर पोखरेल, बागमती प्रदेश इन्चार्ज गुरु बराल, जिल्ला इन्चार्ज गोकुल बास्कोटा, नेता शेरबहादुर तामाङलगायतले पार्टीमा स्वागत गरे।

माधव नेपालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेकाले आफू एमालेमै फर्किएको कर्माचार्यले बताए।
कर्माचार्य लगायतका नेता तथा कार्यकर्तालाई एमालेमा फर्काउन जिल्ला इन्चार्ज बास्कोटासहितका केही नेता पछिल्लो केही दिनदेखि सिन्धुपाल्चोकमा सक्रिय भएर लागेका थिए।
साउन २०, २०८० शनिबार १५:००:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।