सोमबार ११ फागुन, २०८२
नागार्जुनमा १६ वर्षीया किशोरीलाई फकाएर बलात्कार, ४५ वर्षीय पुरुष पक्राउ
काठमाडौं : १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाल रहेका छन्। उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
सिलवालले गत सोमबार ती किशोरीलाई ललाई फकाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
असार ८, २०८० शुक्रबार १६:१४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।