सोमबार २३ चैत, २०८२
प्रतिनिधिसभामा एमाले सांसद् संख्या ७९ पुग्यो
काठमाडौं : रौतहट–२ बाट प्रतिनिधिसभा निर्वाचित स्वतन्त्र सांसद् किरण साह एमाले प्रवेश गरेका छन्।
मंगलबार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पुगेर साह एमाले प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गर्न बालकोट पुगेका साहलाई एमाले अध्यक्ष ओलीले खादा र टीका लगाएर स्वागत गरेका छन्।
योसँगै प्रतिनिधिसभामा एमालेको एक सिट बढेको छ। यसअघि ७८ सिटमा रहेको एमाले अब ७९ सिटको भएको छ।
जसपासँगको भागवण्डाका कारण रौतहट–२ एमालेले गुमाएपछि उनी स्वतन्त्र रूपमा चुनाव लडेका थिए।
पुष १९, २०७९ मंगलबार ०८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।