मंगलबार ०९ असार, २०८३
गोकुल बास्कोटाले प्रतिस्पर्धीलाई २ हजार बढी मतले पछि पारे
काभ्रे : काभ्रे २ को प्रतिनिधि सभाको मतगणनामा एमाले उम्मेदवार गोकुल बास्कोटाले २ हजार बढिले लिड गरेका छन्। उनले प्रतिस्पर्धी पाँच दलीय गठबन्धनका उम्मेदवार शिव हुँमागाइलाई पछाडि पारेका हुन्।
प्रारम्भिक मत गणनामा हुमागाईँ अगाडि थिए। तर बिहीबार मध्यान्हसम्मको गणनामा उनी पछि परे। सोही क्षेत्रका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईँ तेस्रो छन्।
बास्कोटाले २८ हजार ८ सय ९० मत पाइसकेका छन्। शिव हुमागाईँले २६ हजार ८ सय १८ मत ल्याउँदा दिनेशले ६ हजार ६ सय ८० ल्याएका छन्।
मंसिर ८, २०७९ बिहीबार १७:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।