सोमबार २३ चैत, २०८२
भरुवा बन्दुक निकालेर आफ्नै श्रीमतीलाई तर्साउने दिपक पक्राउ
सांकेतिक तस्बिर
मोरङ : भरुवा बन्दुक निकालेर आफ्नै श्रीमतीलाई कुटपिट गर्दै त्रास देखाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–२ सिमसार टोल बस्ने ३१ वर्षीय दिपक विश्वकर्मा रहेका छन्। उनलाई प्रहरीले १ थान अवैध भरूवा बन्दुकसहित बुधबार दिउँसो पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरेका दिपकले भरुवा बन्दुक निकाली श्रीमतीलाई डर त्रास देखाएर कुटपिट गरेपछि पक्राउ गरिएको अस्थायी प्रहरी चौकी मंगलबारेले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कात्तिक १७, २०७९ बिहीबार १४:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।