रूपनीमा दुईटा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु
सप्तरीः रूपनी गाउँपालिका- २ पिप्राही चोकमा हिजो बेलुकी दुई वटा मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। रूपनीबाट राजविराजतर्फ जाँदै गरेको बा८५प ६१९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स२प ८१६७ नम्बरको मोटरसाइकल हिजो बेलुकी ७ बजे जुधेका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका ८१६७ नम्बरको मोटरसाइकलका चालक सप्तरीकै शम्भूनाथ नगरपालिका- ३ का २५ वर्षीय बिकी चौधरीको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो।
६१९६ नम्बरको मोटरसाइकलका चालकलाई ईलाका प्रहरी कार्यालय रूपनीले नियन्त्रणमा लिएको छ।
साउन २३, २०७९ सोमबार ०९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।