सोमबार २३ चैत, २०८२
ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु
ताप्लेजुङः गए राति परेको चट्याङ लागेर सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको ज्यान गएको छ। आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको थियो।
लगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्याइएको उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए।
चैत २०, २०७८ आइतबार ०९:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।