सोमबार २३ चैत, २०८२
कांग्रेस कार्यसम्पादन बैठक: नौ वटा एजेण्डा प्रस्तुत
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ। बैठकमा नौ वटा एजेण्डा प्रस्तुत गरिएको छ।
कांग्रेसका नवनियुक्त महामन्त्री विश्वप्रकाश शर्माले एजेण्डाहरू प्रस्तुत गरेका हुन्। उनले स्थानीय चुनाव, भातृ/ शुभेच्छुक संस्था, अनुशासन समिति, १६ जिल्लाको अधिवेशन लगायतका एजेण्डा पेश गरेका हुन्।
कांग्रेसले हालसालै मात्र ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो।
माघ २७, २०७८ बिहीबार १६:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।