एमाले बैठक: स्थानीय निर्वाचनअघि जिल्लाको अधिवेशन, पछि प्रदेशको
काठमाडौंः नेकपा एमालेले आगामी जेठ ४ गते प्रस्ताव गरिएको स्थानीय निर्वाचनपछि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ। आज बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै पार्टीको जिल्ला अधिवेशन भने निर्वाचनअघि नै गर्ने तय गरिएको छ। आजको बैठकले पार्टी पङ्क्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन समेत दिएको छ।
यस्तै आजको बैठकमार्फत पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित भएको छ भने केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन समेत गरिएको छ।
माघ १९, २०७८ बुधबार १७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।