स्थानीय चुनावका लागि सुरक्षा योजना पेश गर्न निर्देशन
काठमाडौंः केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तहको निर्वाचनका लागि सुरक्षा योजना बनाएर पेश गर्न चार वटै सुरक्षा निकायलाई निर्देशन दिएको छ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बुधबार बसेको बैठकमा समग्र सुरक्षा विश्लेषण गर्दै सुधार गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो।
गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार आगामी जेठ ४ गतेका लागि प्रस्ताव गरिएको स्थानीय तहको निर्वाचनमा आवश्यक सुरक्षा योजना बनाएर पेश गर्न नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिइएको छ।
बैठकमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल सहभागी थिए।
माघ १९, २०७८ बुधबार १६:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।