चितवनको तमासाले हामीले एमालेमा विद्रोह गरेको पुष्टि भयो : नेपाल

चितवनको तमासाले हामीले एमालेमा विद्रोह गरेको पुष्टि भयो : नेपाल

काठमाडौँ : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले जनताको बहुदलीय जनवादको गफ मात्रै दिएर विचारमाथि प्रतिवन्ध लगाएको बताउँदै अब अधोगतितिर जाने बताए।

राष्ट्रिय जनसंस्कृति महासङ्घको कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालले कम्युनिस्ट आन्दोलन जोगाउनकै लागि आफूहरूले एमालेबाट विद्रोह गरेको दाबी गर्दै एमालेमा विद्रोहको आवश्यकता थियो भन्ने तथ्य चितवनको घटनाबाट समेत पुष्टि भएको बताए।

उनले चितवनमा एमालेको नेतृत्वले तमासा गरेको भन्दै भने' हामीले एमालेबाट किन विद्रोह गर्यौँ भनेर भन्नै नपर्ने भयो। चितवनको तमासा नै पर्याप्त छ। फरक मत राख्ने व्यक्तिमाथि जसरी अपमान भइरहेको छ, त्यो नै पर्याप्त छ।'

उनले एमालेमा जबको गफ हाँक्ने, कुनै जनवादी अधिकार प्रदान नगर्ने र आदेशको मात्रै पालना गराउने प्रवृत्तिले देखिएको बताए।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेको प्रशंसा गरेकोमा आलोचना गर्दै भने' राप्रपाले उच्च प्रशंसा गरेको। विदेशी दलालले उच्च प्रशंसा गरेको। त्यसले देखिन्छ त्यो पार्टी कता गइरहेको छ। राम्राले राम्रैको नराम्राले नराम्रैको प्रशंसा गर्ने रहेछन्।'

मंसिर १३, २०७८ सोमबार १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।