बन्द शत्र बाहिर ओलीको पक्षमा 'वि लभ्यु केपी बा' को नारा, सर्वसम्मत गर्न दबाब
चितवन : एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको १० औँ महाधिवेशनको बन्द शत्रको हलमा प्रवेश गरेपछि बाहिर रहेका उनका समर्थकहरूले उनको पक्षमा चर्का नाराबाजी गरेका छन्।
उनीहरूले आजका लागि हैन भोलिलाई, १० वर्ष ओलीलाई भन्दै नाराबाजी गरिरहेका छन्। उनीहरूले पार्टी फुटाउने मतियार मुर्दावाद, वि लभ यु केपी बा लगायतका नारा लगाउँदै नेतृत्व सर्वसम्मत गराउन दबाब बढाएका छन्। ओली बन्द शत्रको हलमा प्रवेश गरेका छन्। दिनभर बन्द शत्रको लागि कुरे पनि बस्न सकेन। नेताहरू सहमतिका लागि भन्दै होटेलमै बैठक बसिरह्यो।
आज मतदान हुनुपर्ने थियो। तर सहमतिका आधारमा नेतृत्व चयन गर्ने भन्दै मतदान प्रक्रिया नै अगाडि बढेन। बुथ सुनसान रह्यो। बेलुका सात बजे बन्द शत्र बस्ने भनियो। तर बसेन। एक घण्टा सारेर ८ बजे पूर्याइयो।
यही बिच दोस्रो तहका केन्द्रीय नेताहरू सक्रिय भएर भीम रावल र घनश्याम भुसाललाई पदाधिकारीमा समेट्न दबाब दिएपछि थप बन्द शत्र थप लम्बिएर साढे ९ बजे मात्र बन्द शत्र सुरु भएको थियो।
बन्द शत्रमा पदाधिकारीको नाम ओलीले पढेर सुनाउने कार्यक्रम रहेको छ। रावल भने निर्वाचनको पक्षमा छन्।
मंसिर १२, २०७८ आइतबार २१:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।