राती बैठक गर्नु धाँधलीको सङ्केत : रावल
चितवन : एमाले १० औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका भीम रावलले दिनभर प्रतिनिधीहरुलाई अलपत्र पारेर राती बन्द शत्रको बैठक बोलाउनु धाँधलीको सङ्केत भएको बताएका छन्।
उनले ट्विट गरेर भने'दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको सङ्केत पनि हो।'
उनले यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्ने बताएका छन्। रावल निर्वाचनको पक्षमा छन् भने पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष सर्वसम्मतको नाममा बैठकमा केन्द्रीय कमिटीमा रहनेहरूको नाम पढेर महाधिवेशन टुङ्ग्याउने पक्षमा छ।
मंसिर १२, २०७८ आइतबार १९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।