कांग्रेस केन्द्रीय निर्वाचन समिति सञ्योजकमा घिमिरे
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको सञ्योजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनीत भएका छन्। यसअघिका सञ्योजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि घिमिरेलाई सञ्योजकको जिम्मेवारी दिइएको हो।
यादवले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन्।
पार्टी सभापति शेरबहादुर देउवाले यादवले दिएको राजीनामा पार्टीको विधानबमोजिम आजै स्वीकृत गरेका हुन्। आज सञ्योजक चुनिएका घिमिरे यसअघि समितिको वरिष्ठ सदस्य थिए।
कांग्रेसको १४औं महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ।
मंसिर १२, २०७८ आइतबार १३:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।