ओलीले पूर्व लडाकु फकाउँदै भने' अब प्रचण्डले गर्दैनन्, एमाले तपाइहरूको पार्टी हो

ओलीले पूर्व लडाकु फकाउँदै भने' अब प्रचण्डले गर्दैनन्, एमाले तपाइहरूको पार्टी हो

१० औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले पूर्व लडाकुको समस्या समाधान गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गम्भीर नरहेको र उनी शान्ति प्रक्रिया टुङ्ग्याउन गम्भीर नरहेको भन्दै एमालेले शान्ति प्रक्रिया टुङ्ग्याउने दाबी गरे।

पूर्व लडाकुहरूले सरकारमा जाने राजमार्ग बनाइदिएको र त्यही राजमार्गमा हिँडेर माओवादी नेताहरू सत्तामा गएको तर समस्या समाधान गर्न नसकेको बताए।

उनले १० हजार बाँडेर समस्या समाधान नहुने दाबी गर्दै प्रचण्डलाई छेड हान्दै बोले' अहिले प्रधानमन्त्री भन्दा पनि म शक्तिशाली छु भन्दै हिँडिरहेका छन् त। लडाकुको समस्या समाधान गरे भयो त।'

उनले पार्टीको १० औँ महाधिवेशन सकिएपछि धेरै पूर्व लडाकुहरू एमालेमा प्रवेश गर्ने तयारीमा रहेको बताउँदै उनले अब पूर्व लडाकुहरूको समस्या एमालेले मात्र समाधान गर्न सक्ने दाबी बारम्बार गरिरहे।

उनले एमाले तास फिटेर बस्नेहरुको पार्टी नभएको दाबी गरेका थिए।

मंसिर १०, २०७८ शुक्रबार १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।