कार्यक्रम स्थलमा डिजिटल नारा लागिरह्यो 'केपी ओली'

कार्यक्रम स्थलमा डिजिटल नारा लागिरह्यो 'केपी ओली'

एमालेले निम्ता दिए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएनन्। एमालेले आफूसँग विभाजित भएर बनेको एकीकृत समाजवादीलाई निमन्त्रणा नै गरेन।

कार्यक्रममा सहभागी हुन जाँदा दुवैले उस्तै माला लगाएका थिए। कार्यक्रम स्थलमा पुग्दा कार्यकर्ताहरूले स्वागत गर्दा ओली सँगसँगै प्रधानमन्त्री देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सहभागीतिर हात हल्लाउँदै अभिवादन गरेका थिए।

मञ्चमा पुगेपछि प्रधानमन्त्री देउवाले गलामा रहेको माला फुकाल्न खोजेका थिए। माला खोल्नु अगाडि उनले ओलीतिर हेरे। उनले माला लगाइरहेको देखेपछि उनले माला फुकालेनन्।

कार्यक्रममा सहभागी अन्य दलका नेताहरूले शुभकामना दिने क्रम सकिएपछि कार्यक्रम हलमा ८ मिनेट लामो डकुमेन्ट्री देखाइयो जुन केपी ओलीमय थियो। ओली प्रधानमन्त्री हुँदा गरेका कामहरू समेटेर बनाएको डकुमेन्ट्री देखाउँदा ८ मिनेटसम्म कार्यक्रम स्थलमा डिजिटल नारा लागिरह्यो 'केपी ओली।'

मंसिर १०, २०७८ शुक्रबार १४:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।