महन्थ ठाकुरले भने : हामी केपी ओलीप्रति अनुग्रहित छौँ
संविधान संशोधनप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले सहयोगका लागि तयार भएर कार्यदल बन्न सकेको तर काम हुन नसकेको र विभिन्न अपराधको आरोप लागेका नेता र कार्यकर्ताहरूलाई रिहा गराएर सहयोग गरेको भन्दै उनले ओलीलाई धन्यवाद दिएका थिए।
उनले नागरिकता समस्या समाधान गर्न तथा जेलमा रहेका आफ्ना सांसदलाई रिहा गर्न एमाले महाधिवेशनमा शुभकामना दिन आएका प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए। उनले एमालेको मञ्चबाट लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत ध्यानाकर्षण गराएका थिए।
उनले वर्तमान सरकारले समस्या समाधानमा चासो नदेखाए पुन मानव साङलो निकाल्न बाध्य हुने बताए।
मंसिर १०, २०७८ शुक्रबार १४:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।