सोमबार २३ चैत, २०८२
राप्रपाको एकता महाधिवेशनमा तीन कार्यपत्र
पार्टीका अध्यक्ष त्रय पशुपति शमशेर राणा, कमल थापा र डा.प्रकाशचन्द्र लोहनीले प्रस्तुत गरेको तीन वटै कार्यपत्र परिमार्जन सहित पारित गरेको राप्रपाले जनाएको छ।
राणाले सामाजिक, थापाले राजनीतिक र लोहनीले आर्थिक कार्यपत्र बैठकमा प्रस्तुत गरेका थिए।
बैठकपछि राप्रपाले जारी गरेको विज्ञप्तिमा विधान संशोधन सुझाव समितिका संयोजक निरञ्जन थापाले प्रस्तुत गरेको विधान संशोधन सम्बन्धी मस्यौदा पनि परिमार्जन सहित पारित गरेको उल्लेख छ।
राप्रपाको एकता महाधिवेशन मङ्सिर १५, १६ र १७ गते काठमाडौँमा हुँदै छ।
मंसिर ९, २०७८ बिहीबार २०:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।