आजदेखि विद्युतीय राहदानी, एमआरपी विस्थापन गर्ने तयारी  

आजदेखि विद्युतीय राहदानी, एमआरपी विस्थापन गर्ने तयारी  

काठमाडौँ : राहदानी विभागले आजदेखि विद्युतीय राहदानी ई–पासपोर्ट जारी गर्ने भएको छ।

दिउँसो २ बजे परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्ने राहदानी विभागले जनाएको छ । विभागका अनुसार इ पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ। विभागले यसअघि चार प्रकारका पासपोर्ट जारी गर्दै आएको थियो। 

मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना छ। सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउनेछन्।

विभागले २० लाख ई–पासपोर्ट छपाइ गर्न सन् २०२० डिसेम्बरमा फ्रान्सको आईडीईएमआईए आइडेन्टी एन्ड सेक्युरिटी कम्पनीसँग २ अर्ब ४८ करोड रुपैयाँमा सम्झौता गरेको थियो।

मंसिर १, २०७८ बुधबार ०७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।