कलङ्कीमा पठाओमा आबद्ध स्कुटीलाई बसले ठक्कर दिँदा चालक र यात्रुको मृत्यु
काठमाडौं: काठमाडौँको कलङ्कीमा पठाओ सेवाको स्कुटर दुर्घटना हुँदा चालक र स्कुटरमा सवार यात्री दुवै जनाको मृत्यु भएको छ।
यात्रु वाहक बसले यात्रु बाहक पठाओलाई ठक्कर दिएको हो। कलङ्कीको सिता पेट्रोल पम्प नजिक अपराह्न पौने पाँच बजे ओम जनता यातायातको बसले पठाओ सेवामा आबद्ध स्कुटरलाई ठक्कर दिएको थियो।
कलङ्कीबाट बल्खुतर्फ जाँदै गरेको प्रदेश ०३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशा बल्खुबाट कलङ्कीतर्फ आइरहेको प्रदेश ०३–०१–००५ ख ९३०० नम्बरको भाडावाला बसले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा धादिङ घर भई अहिले थानकोट बस्दै आएका अन्दाजी ३५ वर्षका स्कुटर चालक रामबहादुर आचार्य र बाँके घर भई अहिले इमाडोल बस्दै आएका ५२ वर्षका यादवकुमार शाहको मृत्यु भएको हो।
यसअगाडि बौद्धमा भएको सवारी दुर्घटनामा एक पठाओ चालकको मृत्यु भएको थियो।
मंसिर १, २०७८ बुधबार ०१:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।