प्रचण्ड आउने खुसीयालीमा नगरपालिकाले दियो सार्वजनिक बिदा
महोत्तरी : महोत्तरीको रामगोपालपुर नगरपालिकाले पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रमको खुसीयालीमा सार्वजनिक बिदा दिएको छ।
नगरप्रमुख अशोक कुमार मण्डलले सूचना निकालेर प्रचण्ड आउने कार्यक्रममा लागि बुधबार नगरपालिकामा सार्वजनिक बिदा दिएको जानकारी दिएका छन्।
रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटनका लागि प्रचण्ड बुधबार महोत्तरी जादैछन्। आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २,३,४,६,७,८ र ९ को प्रचण्डले उद्घाटन गर्ने सूचनामा उल्लेख छ।
नगरपालिकाले सार्वजनिक बिदा दिएर प्रचण्ड आउने कार्यक्रममा उपस्थित हुन अनुरोध समेत गरेको छ। नगरप्रमुख मण्डल नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।
कात्तिक ३०, २०७८ मंगलबार २२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।