सुन तस्करीको प्रतिवादी हुँदा छुटेका खनालसहित सात एसपीको बढुवा सिफारिस
गृह मन्त्रालयले जनपद प्रहरी समूहतर्फका आठ जनालाई एसएसपीमा बढुवा गर्न सिफारिस सूची निकालेको हो। एसएसपीमा बढुवाका लागि सिफारिस हुनेमा ३८ किलो सुन तस्करीका प्रतिवादी बनाइएका एसपी विकासराज खनाल समेत छन्। सोही मुद्रामा प्रतिवादी बन्दा उनी नियमित बढुवामा छुटेका थिए।
सिफारिस हुने अन्यमा प्रदेश नं १ प्रहरी कार्यालयका सुदिप राजभण्डारी, मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुरागकुमार द्विबेदी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका राजेन्द्रसिंह खड्का, लुम्बिनी प्रदेश दङ्गा नियन्त्रण प्रहरी गणका योगबहादुर पाल, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका टीकाबहादुर केसी, प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्सालका ध्रुवराज राउत र काठमाडौँ उपत्यका विशेष सुरक्षा प्रहरी गणका भोलाबहादुर रावल छन्।
कात्तिक ३०, २०७८ मंगलबार १८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।