शेरबहादुरसँग गुनासो छैन, तर काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिनु हुँदैन : कांग्रेस नेता सिंह 

शेरबहादुरसँग गुनासो छैन, तर काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिनु हुँदैन : कांग्रेस नेता सिंह 

कांग्रेस पोखरा महानगरपालिका वडा  न ४ ले गरेको शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रममा सिंहले नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुने बताए। 

नेतृत्वका संविधान जारी गर्दा पनि कांग्रेसले जनमत पाउन नसकेको सिंहको भनाई थियो।  ‘शेरबहादुर देउवासँग व्यक्तिगत रूपमा कुनै गुनासो छैन। तर जनताको माग नेतृत्व परिवर्तन हो। नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुन्छ,’उनले भने,‘मौका पाउँदा पनि काम गर्न नसक्नेलाई अब नेतृत्व सुम्पिन हुँदैन।’

जिल्ला सभापति हुँदा काठमाडौँलाई देशभरको उत्कृष्ट जिल्ला बनाएको दाबी गर्दै नेता सिंहले मौका पाउँदा काम गर्नु पर्दछ भन्ने मान्यता आफूमा रहेको जिकिर गर्नुभयो।  

‘पदमा बस्ने काम नगर्ने अनि मलाई पद चाहियो भनेर हुन्छ। पार्टी चलाउन क्षमता चाहिन्छ,’उनले भने,‘साधारण पार्टी कार्यकर्ताबाट अहिलेको अवस्थासम्म आएको हुँ, पार्टी चलाउन प्रशस्त अनुभव छ।’

उनले लोकतान्त्रिक पार्टी भित्र पनि कार्यकर्ताले अन्याय भएको गुनासो गरेको बताए। जनताका मुद्धाहरु तत्काल समाधान गरी लोकतन्त्र जोगाउने प्रभावकारी पार्टीको रूपमा कांग्रेस स्थापना गर्न आफूले सभापतिमा उम्मेदवारी दिने उनको भनाई छ।

उनले देश विकासको योजना सहित जनतामा जानु पर्ने बताए। 

कात्तिक ३०, २०७८ मंगलबार १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।