विप्लव समूहका २० जना पक्राउ

विप्लव समूहका २० जना पक्राउ

बन्द गराउँदै हिँडेका विप्लव समूहका २० जना कार्यकर्तालाई प्रहरीले पक्रेको हो। 

सुर्खेतबाट ७  र रुकुम पश्चिमबाट १३ जनालाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकाहरू अभद्र व्यवहार, तोडफोड जस्ता घटनामा संलग्न नरहेकोले सम्बन्धित जिल्ला प्रहरी कार्यालयले छोड्ने छ।

कर्णाली प्रदेशका १० जिल्ला मध्ये मुगुमा आगलागी भएका कारण विप्लव समूहले उक्त जिल्लाको बन्द फिर्ता लिएको थियो।

कात्तिक ३०, २०७८ मंगलबार १६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।