आज पनि सर्वाेच्चकाे मूलगेटमा धर्ना

आज पनि सर्वाेच्चकाे मूलगेटमा धर्ना

काठमाडाैंः नेपाल बार एसाेसिएसनसहित विभिन्न कानून व्यवसायीहरूले आज पनि सर्वाेच्च अदालत परिसरमा धर्ना दिएका छन्। सर्वाेच्चकाे मूलगेट भएकाे धर्नामा यसअघिका दिनकाे तुलनामा कम मान्छे आएका छन्। 
 

आज कानून व्यवसायीहरूले 'भ्रष्ट चोलेन्द्र अदालत छोड', 'विचौलियाको नाइके कुर्सी छोड' भन्ने नारा लगाइरहेका छन्। 

यस्तै आज मध्यान्न १२ बजे बार र असन्तुष्ट न्याायधीशहरूकाे बैठक रहेकाे बार महासचिव लीलामणि पौडेलले जानकारी दिएका छन्। 

कात्तिक ३०, २०७८ मंगलबार ११:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।