काठमाडाैंमा बन्दकाे प्रभाव छैन : महानगरीय प्रहरी

काठमाडाैंमा बन्दकाे प्रभाव छैन : महानगरीय प्रहरी

काठमाडाैंः महानगरीय प्रहरीले काठमाडाैंमा बन्दकाे कुनै प्रभाव नपरेकाे जनाएकाे छ। पेट्राेलियम पदार्थकाे मूल्यवृद्धिकाे विराेधमा विप्लव नेतृत्त्वकाे नेकपाले आज बन्दकाे आह्वान गरेकाे हाे।

बन्दकाे हल्लाले आज काठमाडाैंमा बिहानदेखि यातायात थाेरै सङ्ख्यामा मात्र चलेका छन्। सार्वजनिक यातायात फाट्टफुट्ट भने चलेका छैन्। यद्यपि, निजी सवारी भने सामान्यभन्दा कम चलिरहेका छन्।

सडकमा प्रदर्शनकारी भने देखिएका छैनन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टोली सानो संख्यामा सडकमा परिचालन भएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बहादुर बस्नेतका अनुसार बन्दको कुनै प्रभाव परेको छैन। 'बन्द फिर्ता लिएको सूचना आएको छैन। अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्', उनले भने।

कात्तिक ३०, २०७८ मंगलबार १०:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।