बन्द भन्दै सवारी राेक्न खाेज्ने १० जना चितवनबाट पक्राउ

बन्द भन्दै सवारी राेक्न खाेज्ने १० जना चितवनबाट पक्राउ

चितवनः बन्द गराउन खाेज्ने १० जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आज बन्दकाे आह्वान गरेको थियाे।

बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको हाे। पार्टीनिकट अनेरास्ववियू क्रान्तिकारीका बागमती प्रदेश इञ्चार्ज राजन साउदसहितका नेता, कार्यकर्ताहरू पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार साउदसहित दुई जनालाई बिहान सबेरै भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्स चोकबाट नियन्त्रणमा लिइएको हो।

सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अवरोध पुर्याउन पाएका छैनन्। बन्द आह्वानका कारण अन्य दिनमाझैं सवारी साधन भने चलेका छैनन्।

कात्तिक ३०, २०७८ मंगलबार ०९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।