नेपाल बन्द गराउने ११ जना पक्राउ
तनहुँः नेपाल बन्द गराउने ११ जना पक्राउ परेका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विप्लव नेतृत्त्वकाे नेकपाले बन्दकाे आह्वान गरेकाे थियाे।
तनहुँकाे दमाैलीबाट आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले बताए। पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उनले माग गरेका छन्।
नेपाल बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ।
कात्तिक ३०, २०७८ मंगलबार ०८:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।