कौडा खालमा समातिएका काँग्रेस नेता अस्पतालको बेडमा
जोरपाटीको नयाँ बस्तीको एक घरमा उनी कौडा खालमा फेला परेका थिए। महानगरीय प्रहरी वृत्तले उनलाई पक्राउ गरे पनि स्वास्थ्य समस्या देखाएर लामा जोरपाटीमा रहेको नेपाल मेडिकल कलेजमा भर्ना भएका छन्।
स्वास्थ्यमा समस्या भएको भन्दै अस्पताल लगिएका उनको सुगरको मात्रा बढी देखिएको भन्दै चिकित्सकले अस्पताल भर्ना गरेका थिए। अस्पतालमा रहेका लामालाई भेट्न एमालेका नेता तथा पूर्व सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ अस्पताल पुगेका थिए। लामा हालै सम्पन्न निर्वाचनमा जिल्ला सभापतीमा निर्वाचित भएका थिए।
कात्तिक २१, २०७८ आइतबार १५:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।