चन्द्रागिरिको जुवाखालमा छापा, १६ जना पक्राउ 

चन्द्रागिरिको जुवाखालमा छापा, १६ जना पक्राउ 

चन्द्रागिरिका ५२ वर्षीय पुष्कर थापा, ४६ वर्षीय पूर्णबहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन विडारी, ४६ वर्षीय लव कार्की, ४४ वर्षीय सुदामा केसी, ३१ वर्षीय विजय बुढाथोकी, ५० वर्षीय रवीन्द्र थापा, ४३ वर्षीय राजन खत्री, ३६ वर्षीय विश्वासजङ्ग कार्की, ४० वर्षीय सन्जु थापा, ३८ वर्षीय नीरञ्जन शाह ठकुरी र ४४ वर्षीय अष्टमान महर्जन शनिबार राति पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिए। 

यस्तै, पैसाको ठुलो हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा चन्द्रागिरिकै ४१ वर्षीय शङ्कर थापा, नीरञ्जन केसी, ४७ वर्षीय गणेश रसाइली र ३६ वर्षीय कृष्णबहादुर मगर पनि पक्राउ परेका बस्नेतले बताए। 

बस्नेतका अनुसार नगद, २० बुक तास र विभिन्न रङ्गका क्वाइन प्रहरीले बरामद गरेको छ। 

कात्तिक २१, २०७८ आइतबार १४:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।