सल्यानमा बस दुर्घटना हुँदा ८ जनाकाे मृत्यु

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाकाे मृत्यु
फाइल तस्बिर

आज बिहान ११ बजे रा१ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका-५ खारखोलामा सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो।

मृतकमध्ये ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे। दुर्घटनामा थुप्रै घाइते पनि भएका छन्। घाइतेहरूकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ। 

बसमा ३० जना यात्रु सवार रहेको बताइएको छ।

कात्तिक २१, २०७८ आइतबार १३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।