माेटरसाइकल र जीप ठोक्किँदा तीन जनाकाे मृत्यु
माेटरसाइकल चालक लेटाङ नगरपालिका-२ का ३० वर्षीय कमल कार्की, मोटरसाइकलमा पछाडी सवार ५५ वर्षीय तिलक बहादुर सुवेदी र ४५ वर्षीया सीता कार्कीको मृत्यु भएको हो।
चालक कार्की र सुवेदीको घटनास्थलमै मृत्यु भएको हो भने सीताको उपचारका क्रममा धरान घोपामा मृत्यु भएको हो। को४०प १७२७ नम्बरको मोटरसाइकल र बा१०च ४३०० नम्बरको स्करपियो जीप हिजो साँझ ६ बजे ठोकिएका हुन्।
स्करपियो चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
कात्तिक २१, २०७८ आइतबार १२:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।