जाडो छल्न प्रहरी छांगरु झरेपछि चीनसँग सीमा जाेडिएका नाका सुरक्षाविहीन

जाडो छल्न प्रहरी छांगरु झरेपछि चीनसँग सीमा जाेडिएका नाका सुरक्षाविहीन

कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै प्रहरीहरू छांगरु झरेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए। हिमपातका कारण अत्यधिक जाडो बढेर पानी समेत खान नसकिने अवस्था भएपछि प्रहरी अहिले छांगरुमा बसेको जनाइएको छ।

अहिले छांगरु र तिंकर प्रहरी नीतिकुण्डमै बसेका छन्। त्यहाँका स्थानीय मङ्सिर पहिलो साता मात्रै सदरमुकाम खलङ्गा बसाइँसराइ (कुञ्चा)सर्ने तयारी रहेको व्याँस गाउँपालिका–१ का वडासचिव विनोदसिंह बुढाथोकीले बताए। 'बढी हिमपात भयो भने यो महिनाभित्रै कुञ्चा सर्ने सम्भावना छ, अस्ती दुईपटक हिमपात हुँदा आधा फिट हिउँ जमेको थियो', उनले भने।

तिंकरका प्रहरी जाडोयाममा बर्सेनी नजिकका अन्य युनिटमा सर्ने गर्छन्। 

स्थानीय पनि ६ महिना चिसो छल्न सदरमुकाम खलङ्गा र ६ महिना गर्मी छल्न व्याँसको छांगरु तिंकर उक्लिने गर्छन्। 

कात्तिक २१, २०७८ आइतबार १२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।